विकास निर्माणमा राजनीति गर्नु हुँदैन – खनाल


 


काठमाण्डौ,माघ १८

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ अन्तर्गत कोल्बुङमा निर्माण भइरहेको विकास निर्माणका गतिविधिको आज स्थलगत अनुगमन गरेका छन् । सांसद विकास कोषअन्तर्गत सञ्चालन भइरहेका विद्युतीकरण, विद्यालय निर्माण, सडकलगायत पूर्वाधारको अनुगमन गरिएको हो।

अनुगमनपछि पूर्वप्रधानमन्त्री खनालले कुनै पनि विकास निर्माणमा राजनीति गर्न नहुने बताउँदै विकासका गतिविधि पारदर्शी रूपले सञ्चालन हुनुपर्नेमा जोड दिए।  निर्वाचन क्षेत्र नं १ का सांसद खनालका तर्फबाट करिब तीन करोड रुपैयाँभन्दा बढीका योजना सञ्चालन भएका छन्। विकासका योजना समयमै सम्पन्न गर्न पनि उनले सम्बन्धित सबैलाई आग्रह गरे।

प्रकाशित मिति: १८ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्