प्रधानन्यायाधीश सिफारिसका लागि पुन : परिषद्को बैठक बस्दै


 


काठमाडौं, भदौ ३१ । आज संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।

प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्न लागेको हो ।

यसअघि यही भदौं २८ गतेको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा थप छलफल गरेर निश्कर्षसहित एक जनाको नाम सिफारिस गर्ने तयारी रहेको छ ।

प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरेको छ । जसमध्ये वरिष्ठ न्यायाधीश प्रकाशसिंह राउत वरीयताको हिसावले अरु भन्दा अब्बल देखिन्छन् ।

वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुँडालको नाम परिषद्मा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बस्न लागेको आजको बैठकमा प्रधानन्यायाधीश श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर सहभागी रहनेछन् ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्