नौकिलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन


 


भरतपुर, भदा ३१ । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडकको छेउमा तारजालीको भाग भासिएको हो । सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्न सुरु भएको बताइएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्