धनगढीमा नगरबस सञ्चालनमा


 


धनगढी, भदौ ३१ । कैलालीको धनगढी उपमहानगरपालिकामा नगरबस सञ्चालनमा ल्याइएको छ ।

कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगरबस सेवा सुरु गरेको हो ।

आइतबार बेलुका एक कार्यक्रमकाबीच फूलबारी बसपार्कमा उपमहानगरकी उपप्रमुख कन्दकला रानाले हरियो झण्डा देखाएर नगरबस सेवाको सुभारम्भ गरेकी हुन् ।

हाल ६ वटा बसबाट नगरबस सेवा सुरु गरिएको छ । असोज १ गतेबाट सुरु हुने नगरबस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।

नगरबस न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ । उपमहानगरले खरिद गरेका नगरबस धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले चलाउने ठेक्का पाएको छ ।

ग्रामीण भेगलाई सहरसँग जोड्न र ग्रामीण जीवनलाई चलायमान बनाउन नगरबस सेवा सञ्चालन गरिएको उपमहानगरका मेयर गोपाल हमालले बताए ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्