ट्रम्पमाथि फेरि गोली प्रहार


 


न्युयोर्क । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेलिरहेको समयमा फेरि गोली प्रहार भएको छ ।

उनीमाथि गोली प्रहार गर्ने रेन विस्ली राउथ रहेको र उनलाई पक्राउ गरिसकिएको छ ।

घटनाको लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए ।

फ्लोरिडामा रिपब्लिक प्रतिनिधि माइकल वालट्जले जुलाई घटनापछि नै आफूले यसमा सावधान रहन सुरक्षा निकायलाई सचेत गराएको बताएका छन् ।

घटनाका प्रत्यक्षदर्शी अनुसार अहिले गिरफ्तार गरिएका ती व्यक्ति ३०० देखि ५०० यार्ड पर थिए। प्रहारपछि उनी हतार हतार बसमा गएर कारमा पुगेर बसेका थिए।

घटनापछि वेस्ट पाम बिचमा रहेको ट्रम्प अभियानको कार्यालय बन्द गरिएको छ । फ्लोरिडाको रहेको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्स ३ व्यस्त सडकको बिचमा छ ।

अमेरिकी गुप्तचर निकायले इरानको ट्रम्प माथिको साइबर र शारिरिक आक्रमणको योजना रहेको थप शङ्का गर्ने आधारहरू बढ्दै गएको जनाएको छ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अझ बलियो भएको बताउँदै आफू कहिले पनि हरेक नखाने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्