दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते


 


काठमाडौँ, भदौ ३१ । दोलखाको गौरीशंकर गाउँपालिका–४ कोठेडाँडा स्थित जुगु झ्याकु सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

दुर्घटनामा गौरीशंकर गाउँपालिका–३ बस्ने वर्ष अन्दाजी ७५ कि काली शेर्पा र सोही स्थानकी अन्दाजी वर्ष ६० की पसि शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा सोही स्थानका वर्ष ३५ को निङमा शेर्पा, वर्ष ६० का निङमार तामाङ (चालक), वर्ष ६५ की अनसु शेर्पा र वर्ष २२ की डम्मा शर्पा घाइते भएका छन् ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिँगटीबाट प्रहरी निरिक्षकको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा खटि घाइतेको उद्धार गरेर अस्पताल पठाएको थियो।

गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्