बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ


 


धनगढी, भदौ ३१ । डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

जिल्लको दिपायल सिलगढी नगरपालिका–७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको हो ।

खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईका अनुसार उनी ३० साउन २०७२ देखि फरार थिए ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पुर्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्