आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा


 


काठमाडौं, भदौ ३१ । आज मुस्लिम धर्मावलम्बीहरुको मोहम्मद जयन्ती अर्थात मोहम्मद दिवस हो । सरकारले मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्