एनएसआरए इलाइट र नेसनल च्याम्पियन


 


काठमाडौँ, ३० भदौ । नेपाली राष्ट्रिय खेलाडीहरू सामेल एनएसआरए इलाइट र एनएसआरए नेसनल टिमले तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियनसिप२०२४ मा उपाधि जितेका छन् ।

एनएसआरए इलाइट पुरुष र एनएसआरए नेसनल महिला टिममा च्याम्पियन बनेका हुन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स सङ्घको स्क्वास कोर्टमा शनिबार राति भएको फाइनलमा एनएसआरए इलाइटले बङ्गलादेशको बङ्गला टिम एलाई ३–० ले हरायो ।

एनएसआरए इलाइटका अरहन्तले शहदात हुसेनलाई ११–६, ६–११, ११–६ र ११–२, अमिर ब्लोनले अल अहमदु अपनलाई ११–१, ११–६ र ११–६ तथा दीपक थापाले कर्मल हुसेनलाई ११–९, ८–११, ११–८ र ११–७ ले हराउनुभयो । सो इभेन्टमा बङ्गला बी र एनएसआरए रैजर संयुक्तरुपमा तेस्रो भए ।

यसैगरी महिला टिममा बिपना ब्लोन, स्वास्थानी श्रेष्ठ र कृष्णा थापा सम्मिलित एनएसआरए नेसनल महिला टिम च्याम्पियन बन्यो । महिलातर्फ बङ्गलादेशकै टिम उपविजेता बन्यो । एनएसआरए जुनियर र गण्डकीले संयुक्तरुपमा तेस्रो स्थान हासिल गरे ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्