काभा महिला भलिबल : पुलिसको विजयी सुरुवात


 


काठमाडौँ, ३० भदौ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

माल्दिभ्सको मालेमा आइतबारदेखि सुरु भएको च्याम्पियनसिपमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले हुमोमाथि २५–१९, २७–२५, २५–१९ को जित निकालेको हो ।

नेपालको लिग विजेताका रूपमा क्लब च्याम्पियनसिप खेलेको पुलिसले सोमबार श्रीलङ्काको पुलिस क्लब, मङ्गललबार ताजकिस्तानको क्लब र चौथो तथा अन्तिम खेल बिहीबार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्