ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको सिइओमा पुनः महत नियुक्त


 


काठमाडौँ ३० भदौ । चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लिको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पदमा यम बहादुर महत पुनः नियुक्त हुनु भएको छ।

ॐ हस्पिटल संचालक समितिको बैठकले उहाँलाई दोश्रो कार्यकालका लागि पुनः नियुक्ति दिने निर्णय गरेको हो । सिइओ महतले आज एक औपचारिक समारोहबीच दोश्रो कार्यकालका लागि पदबहाली समेत गर्नुभएको छ।

सिइओ महतको पदबहाली कार्यक्रममा अस्पताल संचालक समितिका अध्यक्ष डा। आनन्दप्रसाद श्रेष्ठ, अस्पतालका मेडिकल डाइरेक्टर डा। हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, सिएफओ धुर्व सुवेदीलगायतका उच्च पदस्थ अधिकारीहरु, अस्पताल कर्मचारी यूनीयनका अध्यक्ष केशवप्रसाद चौलागाई, यूनीयनका पदाधिकारीहरु, अस्पतालको विभिन्न विभागका विभागिय प्रमुखहरु तथा विभिन्न विभागमा कार्यरत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्