उपत्यकाका दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम


 



काठमाडौँ ३० भदौ । राष्ट्रिय बाल दिवस २०८१ को उपलक्ष्यमा लक्ष्मी सनराइज बैंकको सौजन्य तथा किडपावर नेपालको आयोजनामा उपत्यकाका दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा तथा आत्मरक्षा तालिम दिइएको छ ।
उपत्यकाका तीनैवटा जिल्लामा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो ।
तालिम प्रदान गरिएका विद्यालयहरु गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा काठमाण्डौ, श्री सिद्धिमंगल माध्यमिक विद्यालय, महालक्ष्मी, ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिम भाद्र २५ देखि २८ गतेसम्म संचालन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकहरू, सहायक प्रधानाध्यापकहरू, शिक्षकहरू लगायत लक्ष्मी सन्राइज बैंकका शाखा प्रमुखहरूको उपस्थितीमा उक्त तालिम संचालन गरिएको थियो ।
प्रशिक्षणका क्रममा सहभागी किशोरीहरूले विभिन्न समस्याहरू बताएका थिए भने प्रयोगात्मक सिकाइ बढी लाभदायक भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्