रविले सहकारीबाट ९५ करोड ठगेको प्रमाण मसँग छ : मुकुल ढकाल


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेले सहकारीबाट ठगेको प्रमाण आफुसँग रहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै ढकालले यस्तो दाबी गरेका हुन् ।

ढकालले रास्वपा सभापति लामिछानेले सहकारीबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेट्वर्कमा लगेको आरोप लगाएका छन् ।

ढकालले लेखेका छन्,‘नेपालमा स्वेट शेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैल्याए, हामीले त्यसमा विश्वास गर्यौँ । कतिपय मिडियाकर्मी साथीहरूले पनि त्यहीअनुसार समाचार प्रशारण गरे । तर नेपालमा ‘स्वेट शेयर’ वा यस्तै प्रकृतिमा लिइने अन्य शेयरका लागि कानुन छ।’

उनले ‘स्वेट शेयर’को कानुन छैन भनेर लामिछानेले हल्ला फैलाएको आरोप पनि लगाए।

ढकालले रविले २ करोड मात्रै नभएर झण्डै ९५ करोड रकम सहकारीबाट ठगेको प्रमाण आफूसँग सुरक्षित रहेको पनि जिकिर गरेका छन् ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्