माओवादीको अडानका कारण प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
नेकपा माओवादी केन्द्र आफ्नो अडानबाट नहटेपछि आजको प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।
बैठक भोलि दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
आइतबार १ बजे प्रतिनिधिसभा बैठक बस्ने भनिए पनि ‘हिंसा’शब्दमा माओवादीको आपत्तिपछि बैठक ३ बजेका लागि सारिएको थियो।
प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार