डडेल्धुरामा एक युवक मृत फेला


 


धनगढी, भदौ ३० । डडेल्धुरामा एकजना युवक मृत फेला परेका छन् ।

जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँ महाकाली नदी किनारको छेउ पुर्तौली भिर नजिक अन्दाजी २४ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

डडेल्धुरा प्रहरीका अनुसार मृतकको पहिचान भएको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्