सिमलतालबाट त्रिशूली नदी किनारमा ट्रक खस्यो


 


काठमाडौं, भदौ ३० । चितवनस्थित मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

ना ६ ख ६२८३ नम्बरको ट्रक आइतवार बिहान त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको का एसपी भावेश रिमालले जानकारी दिए । यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरूमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।

तीनजना भने पौडिएर बाँच्न सफल भएका थिए । खसेका बस पनि अहिलेसम्म फेला परेका छैनन् ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्