बैतडीमा तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा सुचारु


 


बैतडी, भदौ ३० । बैतडीमा वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा शनिवारदेखि सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले वर्षाले यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनअन्तर्गत विभिन्न क्षेत्रमा २० विद्युत्का खम्बा ढलेकाले सेवा अवरुद्ध भएकामा शनिवारदेखि सेवा सञ्चालनमा आएको जानकारी दिए ।

उनले भने, ‘लगातारको वर्षाले यहाँ २० बिजुलीका पोलहरू ढलेका कारण सेवा अवरुद्ध भएको थियो। मर्मत गरेर शनिवारदेखि विद्युत् सेवा सञ्चालन गरिएको छ ।’

वर्षाका कारण प्रभावित भएको जनजीवन अब सामान्य बन्दै गएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्