आज आइतवार यस्तो छ तपाईंको राशिफल


 


मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तजन सँग मनमुटाब बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैबाट धोका हुनेछ ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कार्य सिद्धिको योग छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्