राष्ट्रपति पौडेलद्वारा देउडा सांस्कृतिक उत्सवको उद्घाटन


 


काठमाडौँ, २९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ को उद्घाटन गर्नुभएको छ ।

शनिबार काठमाडौँमा राष्ट्रपति पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ दोस्रो संस्करण उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले स्रष्टालाई अभिनन्दन्समेत गर्नुभयो । अभिनेता विराज भट्ट लगायतका कलाकार सम्मानित हुनुभएको छ।

राष्ट्रपति पौडेलले काली(कर्णाली क्षेत्रको मौलिक गीत, संगीत, पर्यटन, कला र संसकृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्घन गरी सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन देउडा सांस्कृतिक उत्सवले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । सांस्कृतिक समाज नेपालद्वारा आयोजित कार्यक्रममा अभिनेता विराज भट्टसहित दर्जन कलाकार सम्मानित भएका छन्।

प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्