भोटेकोशीबाट गाडी निकालियो, यात्रु बेपत्ता


 


सिन्धुपाल्चोक, भदौ २९ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी निकालिएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी बा २० च २१८५ नम्बरको बोलेरो गाडी सुरक्षाकर्मीको टोलीले क्रेनले निकालेको हो ।

गाडीमा यात्रु नभेटिएको र कति जना थिए भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

स्थानीयले भोटेकोशी नदीमा गाडीको टायर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्