दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमुक्त


 


काठमाडौं, २८ भदौ । सर्वोच्च अदालतको आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् ।

तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् ।

भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । सर्वोच्च अदालतले जुलाईमा जमानत दियो, तर सीआईबीले फेरि पक्राउ गर्‍यो ।

जेलबाट बाहिर आएपछि केजरीवाल समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा भावुक भए । ‘उनीहरुले मलाई जेलमा हाले, उनीहरुलाई लागेको थियो कि केजरीवाललाई जेलमा हाल्दा हतोत्साहित हुन्छन्’ उनले भने, ‘आज म तपाईंहरुलाई भन्न चाहन्छु, म जेलबाट बाहिर आएँ । मेरो हौसला १०० गुणा बढेको छ ।’

प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्