नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक बस्दै


 


काठमाण्डौ,माघ १८
स्थानीय निकायको निर्वाचन तथा समसामयिक विषयमा छलफल गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष दाहालले निर्वाचनमा जाने नजाने विषयमा मोर्चासँग स्पष्ट धारणा मागेपछि माओवादी केन्द्रले सो विषयमा थप छलफल गर्न लागेको हो ।

लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा अपरान्न ३ बजेपछि बस्ने बैठकले प्रमुख दलसँग भएको वार्ताको समिक्षा गर्दै भावी रणनिति तय गर्ने पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन ।

निर्वाचनको मिति घोषणा गर्न दलीय सहमति जुट्न नसकिरहेका बेला आगामी बस्न लागेको माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठकले राजनितिक निकासका लागि थप रणनिति तय गगर्ने जनाएको छ ।

गत शनिबार बसेको मोर्चाको बैठकले एक साता भित्रमा तीन बुँदे सहमति कार्यन्वयन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । मोर्चाले आफूहरुको माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता गर्दै आन्दोलनमा जाने चेतावनी दिएको छ ।

प्रकाशित मिति: १८ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्