माओवादीले संसद्को अवरोध कायमै राख्ने


 


काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

संसदीय दलको शुक्रबार बसेको बैठकले पार्टीले गरिरहेको अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्ष बठकले निकालेको बताए ।

पाण्डेले सभामुखको निर्णय हिंसा शब्दलाई मात्र केन्द्रित गरेर आएको तर आफूहरूको माग सिंगो जनयुद्धलाई अपमानित गरिएको विषय रहेको बताए ।

यस्तै बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको निष्कर्ष निकालेको छ । यद्यपि १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोज्नु गलत भएको पनि भनेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्