भोटेकोसीमा बलेरो खस्यो, निकाल्ने प्रयास गरिँदै


 


काठमाडौं, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा गाडी खसेको छ ।

सिन्धुपाल्चोक प्रहरीका डीएसपी निरञ्जन भट्टराईले नदीमा बलेरोको आकार जस्तो देखिएकोले बलेरो खसेको आशंका गरिएको बताए ।

उनले उक्त बलेरो क्रेन लगाएर निकाल्ने प्रयास गरिए पनि सफल नभएको र प्रयास जारी रहेको बताए । सेना र प्रहरीको टोली घटनास्थलमा पुगेर गाडी निकाल्ने प्रयास गरिरहेको उनले बताए ।

उनको अनुसार सो बलेरोमा कति मानिस थिए र कसको बलेरो हो भन्ने पनि खुलेको छैन ।

प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्