पत्रकार महासंघको चुनाव फेरि सर्यो
काठमाडौं, भदौ २८ । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ ।
असोज ५ गतेका लागि पूर्वनिर्धारित निर्वाचन असोज १२ गते शनिबारका लागि सारिएको हो ।
कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएपछि उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन सार्नुपरेको उल्लेख गरेका छन् ।
पोखरेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची बिहीबारै निर्वाचन समितिलाई हस्तान्तरण गरिएको पनि जानकारी दिइएको छ ।
मतदाता सूची र निर्वाचन तालिका भोलि शनिबार सार्वजनिक गर्ने समझदारी भएको उल्लेख गरिएको छ ।
सदस्यता शुद्धीकरणलगायतका विषयमा विवाद हँदा महासंघको निर्वाचन पटक–पटक स्थगित हुँदै आएको छ ।
प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार