क्रिप्टो कारोबारको आरोपमा दुई जना पक्राउ


 


काठमाडौं, भदौ २८ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले क्रिप्टो कारोबारीको आशंकामा दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

सीआईबीले पूर्वी नवलपरासीका २२ वर्षीय प्रज्ञान रिमाल र बाग्लुङका २० वर्षीय आयुष शर्मालाई पक्राउ गरेको हो । उनीहरु स्टारबस डट सोलुसन्सका सन्चालक रहेको सीआईबीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट मोबाइल र ल्यापटप बरामद गरेको छ ।

उनीहरुमाथि अभौतिक मुद्रा कारोबार गर्न नहुने कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्