उपसभामुख रानामगरबारे निर्णय लिँदै माओवादी केन्द्र


 


काठमाडौं, भदौ २८ । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरको प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसबारे निर्णय लिन माओबादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।

उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणले मुलुकको शिर झुकाएको भन्दै सत्ता पक्ष हटाउने तयारीमा जुटेको छ । उनलाई पदीय आचरण अनुरुप कार्य नगरेको भन्दै पदमुक्त गराउने तयारीका साथ दुई तिहाइ सांसदको संख्या पु¥याउन हस्ताक्षर नै संकलन भइरहेको छ ।

जसको प्रतिपक्षी दल रास्वपाले विरोध गरिरहेको छ भने प्रमुख प्रतिपक्षीको हैसियतमा माओवादी केन्द्रले निर्णय लिन लागेको हो ।

संसदमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले रास्वपालाई साथ दिएको थियो ।

प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्