कर्णाली र बबई नदीले नाघ्यो खतराको तह


 


काठमाडौं, भदौ २८ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बबई तथा कर्णाली नदीको सतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको हाईड्रोलोजीका अनुसार बर्दियाको चेपाङमा बबई नदीको सतह ७ दशमलव २१ मीटर पुगेको छ ।

चेपाङमा ५ दशमलव ५० मीटर चेतावनी र ६ दशमलव ८० मीटर पानीको सतहलाई खतराको तह मानिन्छ ।

त्यस्तै कर्णाली नदीमा पानीको सतह १० दशमलव ८४ मीटर पुगेको छ ।
चिसापानी पुलमा १० मिटर पानीको सतहलाई चेतावनी र १० दशमलव ८ मिटरलाई खतराको तह मानिन्छ ।

पहाडी जिल्लाहरूमा वर्षात भइरहेकोले पानीको सतह थप बढ्ने पूर्वानुमान गरिएको छ ।

नदीले खतराको तह नाघेपछि दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै नदी तटीय क्षेत्रका स्थानीयहरुलाई सुरक्षित रहन आग्रह गरेको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्