पूर्वाधार मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको छ : अर्थमन्त्री पौडेल


 


काठमाडौँ, २७ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको बताउनुभएको छ । 

नेपाल इन्फ्रास्ट्रक्चर समिट–२०२४ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो धारणा राख्नुभएको हो । उहाँले यस कार्यक्रमले मुलुकको आर्थिक विकास र समृद्धिसँग जोडिएको पूर्वाधार क्षेत्रको विकासका विभिन्न आयामहरूमा छलफल गर्न अन्तरसम्बन्धित क्षेत्रका व्यक्तित्वहरू, नीति निर्माताहरू, विज्ञहरू र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउन सफल भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘पक्कै पनि यो सम्मेलनले  एक्काइसौँ शताब्दीको आवश्यकता अनुरूपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्ग चित्र कोर्न ठोस योगदान गर्ने मैले विश्वास लिएको छु। समस्त नेपाली आकाङ्क्षा “समृद्ध नेपाल र सुखी नेपाली” हो। सरकार यही नेपाली आकाङ्क्षा साकार पार्न अनवरत लागिरहेको छ। समृद्ध नेपाल निर्माणको मूल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो ।’’

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्