नासाले फेला पार्‍यो नाचिरहने ब्ल्याक होलको जोडी


 


वाशिङटन डीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा नाचिरहने एक जोडीब्ल्याक होल पत्ता लगाएको छ । नासाको दुईवटा छुट्टा छुट्टै टेलिस्कोपले एक आपसको नजिकै रहेको दुई अति भीमकाय ब्ल्याक होल भेटेका हुन् ।

यी दुई ब्ल्याक होल एक अर्काबाट ३०० प्रकाश वर्ष टाढा रहेको बताइएको छ । नासाको चन्द्र एक्स–रे अब्जर्भेटरी र हबल स्पेस टेलिस्कोपले प्रकाशको फरक वेब लेन्थबाट ती दुई ब्ल्याक होल पत्ता लगाएको बताइएको छ । अन्तरिक्षको अँध्यारो रिक्त स्थानमा ब्ल्याक होल देखिन्नन् । तर यी दुई ब्ल्याकहोलबाट चम्किलो प्रकाश आइरहेको देखिएको छ ।

यी दुवैले एक अर्काको चक्कर लगाउने गरेको पाइएको छ । यसअघि भेटिएका ब्ल्याक होलहरू एक अर्काभन्दा निकै टाढा थिए । ब्ल्याक होल यति नजिक यसअघि भेटिएको थिएन ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्