पर्साबाट १५ किलो गाँजासहित एक जना पक्राउ


 


पर्सा । पर्सा प्रहरीले १५ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने पर्सा बहुदरमाई नगरपालिका–३ पदमौलका गम्हरियाका ३८ वर्षीय रविक महम्मद रहेका छन्।

प्रहरीले उनको घरमा छापा मार्दा उक्त गाँजा बरामद गरेको हो ।

महम्मदले घरमा गाजा लुकाइ छिपाइ राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले उनको घरकोठा खानतलासी गर्दा गाँजा बरामद गरेको थियो।

महम्मदमाथि लागूऔषध सम्बन्धी कसूरमा थप सुन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्