पुर्ननिर्माणमा विश्वविद्यालयका विद्यार्थीलाई खटाउने तयारी


 


काठमाडौ, माघ १८

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लामा निजी आवास पुनरनिर्माणका लागि सहयोग पुर्याउन विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई खटाउने तयारी गरेको छ ।

शैक्षिक क्यालेन्डरमा असर नपर्ने गरी यही माघ मसान्तभित्र एक साताको तालिम दिएर विद्यार्थीलाई तीन सातासम्म विभिन्न गाविसमा निजी आवास निर्माणमा सहयोग पु¥याउन खटाउने तयारी गरेको हो ।

पोखरा विश्वविद्यालयका सातौँ सेमेस्टरका विद्यार्थीले परीक्षा दिइसकेकाले विश्वविद्यालय विद्यार्थीलाई स्वयम् सेवकका रूपमा खटाउने तयारी भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

अन्य विश्वविद्यालयले पनि विद्यार्थीहरूको परीक्षा सकिएपछि स्वयम्सेवकको रूपमा गाउँमा खटाउन तयार भएको प्राधिकरणले बताएको छ ।यसरी खटाइने विद्यार्थीलाई जिल्ला अनुसार १५ देखि १८ हजार रुपियाँसम्म भत्ता, यातायात खर्च र बीमाको सुविधा उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १८ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्