रास्वपाको २ हजार वडामा पार्टी संरचना


 


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज १ र २ गते हुने राष्ट्रिय भेलाका लागि ४ सय पालिकाबाट प्रतिनिधि ल्याउने बताएको छ ।

पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले २ हजारभन्दा बढी वडामा पार्टी संरचना निर्माण भइसकेको जानकारी दिए । तर‚ वडा तहबाट राष्ट्रिय भेलामा प्रतिनिधित्व गराउन सम्भव नभएको उनले बताए ।

‘पालिकाको तर्फबाट प्रतिनिधित्व छनोट भएर आउनुहुन्छ‚’ उनले भने ।

भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदनका साथै सातै प्रदेशका सभापतिहरूले बेग्लाबेग्लै प्रतिवेदन पनि भेलामा पेस गर्ने उनले बताए । उनले राष्ट्रिय भेलामा १५ सय सहभागी हुने जानकारी दिए ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्