प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने


 


काठमाडौँ । मन्त्रीमण्डललाई पुर्णता दिएसँगै मन्त्रीहरुले एक वर्षसम्म गर्ने कामको कार्ययोजना मागेका प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । त्यसका लागि आज बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई सिंहदरवार बोलाएका छन् ।

कार्यसम्पादन सम्झौता गर्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई सिंहदरवार बोलाएको एक मन्त्रीले जानकारी दिए । त्यसका लागि दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुशासन र स्थिरताका लागि भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको दुई महिना पुग्न लागेको छ ।

तर सरकार र मन्त्रीहरुले जनसरोकारका विषयमा देखिनेगरी काम गर्न नसकेको नागरिकको गुनासो कम हुन सकेको छैन । मन्त्रीहरुले कार्ययोजना पेश गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्