आज घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। बुधबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ।

बुधबार प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्