झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी


 


झापा । झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी भएका छन् ।

जिल्लाको अर्जुनधारा नगरपालिका-९ की रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ।

अर्जुनधारा नगरपालिका– ९ को खरबन्दीकी निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो ।

पूजामा गएर प्रसाद खाने ६० भन्दा जना भन्दा बिरामी भएका छन् ।

सब्जी अजार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ ।

बिरामी भएकाहरूलाई स्थानीय क्लिनिकहरूमा राखिएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्