चिकित्सक पाँच महिनादेखि बेपत्ता


 


कास्की, भदौ २७ । भंगहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव पाँच महिनादेखि बेपत्ता भएका छन् ।

काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर जाँदा गत वैशाख ३ गतेदेखि बेपत्ता भएका हुन् ।

उनी पुगेपनि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो। सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताए।

प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्