मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् एजेन्डा


 


काठमाडौँ, भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साझ ६:३० बजे बस्नेछ ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

साथै केही सहसचिवहरूको सरुवा गर्ने सरकारको तयारी रहेको बताइएकाे छ । 

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्