यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, भदौ २७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकोछ ।

कोशी, बागमती, लुम्विनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै तथा बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशका धेरै तथा बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाले जनाएको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्