एक वर्षभित्रमा सबै क्षेत्रमा विद्युत पुग्छ : मन्त्री खड्का


 


धरान, २६ भदौ । ऊर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले आगामी एक वर्ष भित्रमा विद्युत नपुगेको देशको सबै क्षेत्रमा विद्युत पुराउने लक्ष्य रहेको बताउनुभयो ।

बुधबार सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान–१ मा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले विगतमा सरकार छिटो–छिटो परिवर्तन भएकाले भनेजसो सरकारले काम गर्न नपाएकोले यो सरकार भने स्थायी हुने  बताउनुभयो ।

२०७२ सालको संविधानले जातजाती, धर्मसंस्कृति आदि सबैलाई समेटे पनि केही संशोधन गर्नुपर्ने भएकाले यो सरकारले यसतर्फ पनि सोचेको बताउनुभयो । बर्खाको बेलामा बाढीले धेरै धनजनको क्षति हुने भएकाले त्यसको निम्ति बाढी आउन केही दिन अघि नै थाहा पाउने प्रविधिको विकास गर्दै गरेको समेत उहाँले बताउनुभयो । 

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्