३ डीआईजीको सरुवा
काठमाडौं २६ भदौ । गृह मन्त्रालयले मधेश प्रदेश प्रहरी प्रमुख फेरेको छ । डीआईजी लालमणि आचार्यलाई मधेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
हालका प्रमुख यज्ञविनोद पोखरेलमाथि आन्तरिक छानबिन चलिरहेका बेला उनको सरुवा भएको हो । उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ । शंकास्पद आर्थिक कारोबार देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले पोखरेलमाथी छानबिन गरिरहेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा भएको हो ।
यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुर शिक्षालयमा भने प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डीआईजीपी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।
प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार