माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


 


काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै बैठक स्थगित गरेका हुन्।

सभामुख घिमिरेले माओवादी हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएका थिए ।

त्यसपछि माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाए।

बैठकमा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएपछि भदौ ३० गतेसम्म संसद स्थगित गरिएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्