बैंकिङ प्रणालीको ४० अर्ब तान्दै राष्ट्र बैंक


 


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जाको माग सुस्त भएपछि बैंकमा थुप्रिएको पैसा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तान्न लागेको हो ।

२१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रियामार्फत राष्ट्र बैंकले तरलता तान्ने जनाएको छ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १६ गते हुनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् । बोलकबोलमा सहभागी हुन चाहने संस्थाले बुधबार आवेदन दिन पाउनेछन् । बिहीबार बिहान निष्कासनको घोषणा हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्