सभामुखको रुलिङः हिंसा शब्द असंसदीय हैन‚ रेकर्डबाट हटाउन पर्दैन


 


काठमाडौँ । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले सोही रूलिङ सदनमा गरेका छन् र आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन अनुरोध गरे ।

भदौँ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगशे भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । त्यसपश्चात् सदन निरन्तर घोपेच चलेको थियो । त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए ।

त्यसपश्चात् माओवादी प्रमुख प्रतिक्ष माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरे ।उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलन व्याख्या प्रस्तावनामै व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको भन्दै आपत्ति जनाए । ‘संविधान भन्दा यहाँ प्रयोग हुने शब्द फरक हुने हो‚’ उनले प्रश्न गरे ।

त्यसपश्चात् बोल्दै एमाले सांसद रद्युजी पन्तले सभामुखको रूलिङमा प्रश्न उठाउने विषय नभएको उल्लेख गरे ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्