कांग्रेसले माग्यो उपसभामुख रानाको राजीनामा


 


काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुख रानाको राजीनामा माग्ने् निर्णय गरेको हो ।

बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ ।

पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्