काठमाडौँ महानगरले गतवर्ष ५५ किलोमिटर सडक कालोपत्रे गर्‍यो


 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ५५ दशमलव ४० किलोमिटर सडक कालोपत्रे गरेको छ । सोहि अवधिमा १० दशमलव ३१ किलोमिटर सडक ढलान गरिएको महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षामार्फत जनाएको छ ।

यस्तै १२ दशमलव २५ किलोमिटर ढल राख्ने, ३२.४७ किलोमिटर ब्लक छाप्ने, १ हजार ७७७ वर्गमिटर ढुङ्गा छाप्ने, ३ दशमलव १८ किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न भएको महानगरपालिकाले जनाएको छ ।

यसैगरी सार्वजनिक निर्माणअन्तर्गत १६ वटा भवन निर्माण र ९ वटा पार्क निर्माण भएकाे महानगरपालिकाले जनाएको छ । यस वर्षमा चालू र क्रमागत गरी ८ अर्ब ९२ करोड रुपैयाँ लागतका ३५८ वटा योजना थिए ।

खरिद कार्यका लागि ६२५ वटा योजना मूल्याङ्कन भएको महानगरको भनाइ छ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्