राखेपले पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्दै


 


काठमाडौं, भदौ २६ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ ।

आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न लागेको राखेपले जनाएको छ । राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा कार्यक्रम दिउँसो ३ बजे आर्मी अफिसर क्लब भद्रकालीमा हुनेछ ।

सिनियर र जुनियरमा समान एक–एक महिला र पुरुष तथा एक पारा खेलाडीलाई सम्मान गरिने छ । प्रशासनिक र प्रविधिकमा आठ कर्मचारी, दुई खेल पत्रकार, एक पालिका, एक प्रायोजक तथा एक राष्ट्रिय खेल सङ्घलाई पुरस्कृत गरिने छ ।

वर्षमा हासिल गरेको उपलब्धि, सक्रियता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।

राखेपले २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्