विषालु सर्पको टोकाइबाट बालकको मृत्यु


 


बारा, भदौ २६ । बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु भएको छ ।

महागढीमाई नगरपालिका–१० निवासी शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्माको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

सोमबार राति घरमा सुतिरहेका बेला गोमन सर्पले टोकेर सिकिस्त भएका बालकलाई आफन्तले ढिलो गरी अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले जानकारी दिए ।

गएको साउनदेखि हालसम्म बारामा तीनसय ७ जना सर्पले टोकेका बिरामी उपचारको लागि अस्पताल पुगेका छन् ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्