संविधानसभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज


 


काठमाडौँ, भदौ २६ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झिएका छन् ।

उनले लेखेका छन्, ‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो । सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौँ क्षणहरू आए । आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी ।’

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्