आन्दोलन चर्किएपछि लुम्बिनीका वनमन्त्रीले दिए राजीनामा


 


बुटवल, भदौ २६ । लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई मंगलबार राजीनामा गर्न लगाएका हुन् ।

कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन भइरहेको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्